Rule 33
धरौटी जमानत माग्ने र धरौटी वा जमानत दिएको लिखतको ढाँचा
(१) अनुसन्धान अधिकृतले अभियुक्तबाट धरौटी वा जमानत माग गर्ने आदेश गर्दा अनुसूची–१० बमोजिमको ढाँचामा गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम धरौटी वा जमानत दिंदा अभियुक्तले आफ्नो नामको सम्पत्ति धरौटी वा जमानत दिएकोमा अनुसूची–११ र अभियुक्तको तर्फबाट अन्य व्यक्तिले धरौटी वा जमानत दिएकोमा त्यस्तो व्यक्तिले अनुसूची–१२ बमोजिमको ढाँचामा लिखत गर्नु
पर्नेछ ।